पुस ५, काठमाडौँ । नेपाली आकाशलाई युरोपेली संघ (ईयू)ले कालोसूचीमा राखेकै बेला आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरको गम्भीर त्रुटी र हेलचेक्र्याईंका कारण जनकपुर जानुपर्ने जहाज शुक्रवार पोखरा अवतरण भएको छ ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थालबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ विमान पोखरा पुगेको हो ।
तीन बालबालिकासहित ६९ यात्रु काठमाडौंबाबट जनकपुर उडे पनि बुद्ध एयरको चालकदलले पोखरा पुर्यायो । बोर्डिङ पास लिएर सुरक्षा जाँच गरी अघि बढेका यात्रुहरूलाई जनकपुर जानेभन्दै पोखराको विमानमा चढाइयो ।
बुद्ध एयरले भने विमानस्थलमा कार्यारत ग्राउण्ड ह्यान्डिलिङ गर्ने कर्मचारीबीच भएको गलत सञ्चार प्रवाहका कारण यस्तो घटना भएको बताएको छ ।
उनीहरूलाई पोखरा जान तयार रहेको ६०७ उडान नम्बरको विमानमा चढाइएको थियो । पोखरामा अवतरणपछि भने २० मिनेट जहाजभित्रै राखेर विमान जनकपुर पठाइएको खबर कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस