कला राईको समर्पण सार्बजनिक


दुबई युएई, २० अक्टोबर २०२०,
युएई मा बस्दै आएका आरजे तथा समाजिक कार्य मा निकै सक्रिय युवा मोडल बिजय लक्ष्मी राई र कोरियोग्राफर, मोडल भुवन थापा मगरले आफ्नो अभिनय द्वारा समर्पण मियुजिक भिडियो सर्बजनिक गरेका छन ।

उक्त गीत गायिका कला राई को “लुक्स एल्बम ” बाट रहेको छ भने लामो समय लन्डनमा बस्दै आउनु भएको मुकेश राईको शब्द रचना रहेको यो गीत लभ इस्टोरी बोकेको छ । यसमा गायक तथा संगीतकार सुनिल गिरिको संगित रहेको छ ।

यस गीतको भिडियोलाई तिलक साम्पाङ किराँतीले निर्देशन गर्नु भएको छ । लोक आधुनिक फ्लेबरमा रहेको भिडियोमा एउटा सत्य प्रेमको भावनलाई काल्पनिक रुपमा उतारेका छन । यो भिडियोमा मोडल बिजय लक्ष्मी राईसंग मोडल तथा कोरियोग्राफर भुवन थापा मगरले अभियान गर्नुभएको छ ।

भिडियो युएई र ओमनको बोडरको  हात्ता ड्याम र बिभिन रमणीय स्थलहरुमा छायांकन गरिएको छ ।

गायिका कला राईको अफिसल यु-टुयुब च्यनल मार्फत सर्बजनिक गरिएको यो भोडियो निरोज लामा र भेष बन्दु ढकालले छायांकन गर्नुभएको हो भने निरोज लामाले सम्पादन गर्नुभएको हो ।युएईमा बस्दै आएका आरजे तथा समाजिक कार्य मा निकै सक्रिय युवा मोडल बिजय लक्ष्मी राई र कोरियोग्राफर, मोडल भुवन थापा मगरले आफ्नो अभिनय द्वारा समर्पण मियुजिक भिडियो सर्बजनिक गरेका छन ।

२०७७ कार्तिक ४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको