दाङमा होम आइसोलेशन बसेका एक पुरुषको मृत्यु


कात्तिक ४, दाङ । होम आइसोलेशनमा बसेका लमहीका कोरोना संक्रमितको मृत्यु भएको छ । ४३ वर्षका पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

जन्डिसको समस्या देखिएपछि उपचारका लागि काठमाडौँ गएका लमही नगरपालिका–५ का ती व्यक्ति दाङ फर्किने बेला परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।

तर लमही आएपछि पुनः परीक्षण गर्दा श्रीमान–श्रीमतीलाई नै संक्रमण देखिएको थियो । त्यसपछि उनीहरु विगत एक हप्तादेखि होम आइसोलेशनमा बसेका थिए ।

श्रीमानको मृत्यु भए पनि श्रीमतीको स्वास्थ्य भने सुधार हुने क्रममा रहेको जनाइएको छ ।

२०७७ कार्तिक ४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको