प्यूठानमा बस दूर्घटना हूँदा दाङका एकजनाको मृत्यु


कात्तिक ४, दाङ । प्यूठानमा भएको बस दूर्घटनामा परि दाङका एकजनाको मृत्यु भएको छ ।

दूर्घटनामा परि दाङको घोराही निवासी बसका चालक तथा साहु तारा रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सुनिल मल्ले जानकारी दिए ।

तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

माण्डवी गाउँपालिका १ गोलवाङमा मंगलवार विहान साढे ९ बजेतिर दाङतर्फ आउन लागेको ना ४ ख ५५६१ नम्बरको बस दूर्घटनामा परेको थियो ।

उक्त दूर्घटनामा परि प्युठानको माण्डवी – १ तिराम निवासी ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका निवासी ३० वर्षीया बसन्ता बिक घाइते भएका छन् ।

घाइतेहरु सबैलाई उपचारका लागि दाङ पठाइएको प्यूठान प्रहरीले जानकारी दिएको छ ।

२०७७ कार्तिक ४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको