तस्करी रोक्ने प्रहरीको ह’त्यामा संलग्न ७ अभियुक्त सार्वजनिक


कात्तिक ४, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको ह’त्यामा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको भन्दै धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई प्रहरी सीमा क्षेत्रबाट पक्राउ गरेको हो । प्रारम्भमा १३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिए पनि ७ जनाको मात्र संलग्नता पुष्टि भएको हो । उनीहरुले असई विकले मटर त’स्करीमा अवरोध गर्न खोजेपछि ह’त्या गरेको ब’यान दिएको प्रहरीको भनाइ छ ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद त’स्कर समूहको नि’शानामा परेका थिए । विकको श’व आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको भेटिएको थिएन ।

विकको श’व भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार साउद भेटिएको थियो । जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा उनको श’व भेटिएको एसएसपी मुकेश सिंहको भनाइ छ ।

असई विकको हराएको पेस्तोल र मोबाइल पनि नजिकै भेटिएको छ ।

२०७७ कार्तिक ४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको