उपत्यकामा थपिए १ हजार ७०२ कोरोना संक्रमित


कात्तिक ४, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ १ हजार ७०२ कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित देखिएका हुन् ।

२४ घण्टामा जम्मा १३ हजार ८६१ पीसीआर परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर भने ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै २ हजार १०८ जना कोरोनामुक्त भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।

२०७७ कार्तिक ४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको