देशभर थपिए ३ हजार ९३ कोरोना संक्रमित, २ हजार १०८ कोरोना मुक्त


कात्तिक ४, काठमाडौं । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १०८ जना कोरोनाबाट मुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ ।

थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ८ सय बढीको पिसिआर परीक्षण गरिएको हो ।

४ कार्तिक २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको