राज्य व्यवस्था परिवर्तन गर्न नयाँ पहल लिने विप्लवको घोषणा


असोज ४ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् ।

महासचिव विप्लवले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलताले पुष्टि गरेको बताएका छन् ।

‘यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

विप्लवले सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूले राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल गर्न अत्यन्त जरुरी भएकाले सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह पनि गरेका छन् ।

विज्ञप्ति हेर्नुस

४ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको