असार ४, काठमान्डौ । आइएमइ लोकस्टार शनि बिश्वकर्माको आवाजमा रहेको गित झुम्का झलक्कै म्युजिक भिडियो रिलिज भएको छ । हाइलाइटस नेपाल युटुब च्यानल मार्फत रिलिज भएको झुम्का झलक्कै गितमा बिष्णु माझीको समेत आवाज रहेको छ ।
भरत बहादुर बस्नेत र दुर्लभ केसीको प्रस्तुति रहेको झलक्कै गीतको शब्द र संगीत शिव हमालको रहेको छ भने म्युजिक भिडियोमा कलाकारहरु सागर, रियषा, चक्र र गीताको अभिनय रहेको ।
म्युजिक भिडियोमा शनि बिश्वकर्माको समेत अभिनय रहेको छ । शनि बिश्वकर्मा आइएमई लोकस्टार भएपछीको यो पहिलो प्रस्तुति हो । उनले खुसी ब्यक्त गर्दै यसरि नै गित संगीतमा निरन्तरता दिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस