असोज ४, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा कोरोना संक्रमितहरु भेटीएपछि गाउँपालिका नै सिल गरिएको छ । भारतबाट आएका ३५ जनाको पि.सी.आर परिक्षणपछि ८ जनामा कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ भेटिएपछि गाउँपालिका सिल गरेको गंंगादेेव गाउँपाालिका ३ का वडाध्यक्ष जलेश कुमार केसीले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टी भएपछी आइतबार (आजै) गाउँपालिकाको आकस्मिक बैठकले एक सातासम्म गंगादेब गाउँपालिका सिल गर्ने निर्णय गरेको छ । आइतबार देखि नै लागु हुनेगरी आउदो असोज १० गते सम्म (एक साता) सिल गरिएको हो ।
एक साता सम्म गाउँपालिका भित्रका सरकारी तथा गैरसरकारी संघ सँस्थाहरु, बैंक तथा सहकारी र बिद्यालयहरु पूर्ण रुपले बन्द हुनेछन भने बजार क्षेत्र, धार्मिक स्थल, सार्बजानिक क्षेत्रहरुमा पूर्णरुपले आवत-जावतलाई बन्द गर्न गाउँपालिकाले सुचना जारि गरेको छ । सवारी साधन र एक घरबाट अर्को घरमा आवात-जावतमा समेत बन्देज लगाइएको छ ।
संक्रमण पुष्टी हुनेहरु २ नम्बर वडामा २ जना पुरुष (वर्ष १८ र २२), ४ वडा नम्बर वडामा २ जना पुरुष र १ महिला (वर्ष २८ ,३२ पुरुष र २२), ५ नम्बर वडामा १ जना पुरुष (वर्ष ४५), ७ नम्बर वडामा एक पुरुष र १ महिला (बर्ष ३९ र ४७) गरि ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
३५ जनाको पिसीआर परिक्षण राप्ति बिज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो । संक्रमण पुष्टी भएका आठै जना गाउँपालिकाको क्वारेन्टिनमा रहेका थिए ।
हेर्नुस सुचना
प्रतिक्रिया दिनुहोस