यस्तो छ आजको मौसम पूर्वानुमान

फाइल तस्बिर

असोज ४, काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली भएको छ ।

दिउँसो मुलुकभर आंशिक बदली भई देशभर हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले सोमबार मंगलबार भने मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

४ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको