लक्की ड्रबाट छानिएका यी नेपालीले लगाए कोरोना खोप

खाेप लिँदै डा. महेश श्रेष्ठ

असोज ४, काठमाडौं । रुसमा रहेका एक नेपालीले त्यहाँ बनेकाे कोरोनाविरुद्ध खोप लगाएका छन् ।

रुसको राजधानी मस्कोमा कार्यरत सल्यानका ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार खोप लगाएका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार रुसी सरकारले अनलाइनबाट लक्की ड्र गरी डा. श्रेष्ठको नाम छनोट गरेको हो ।

श्रेष्ठ ३० हजार जनामध्ये बाट छानिएका हुन्। खोप लगाएपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएकाे छ।

 

२०७७ आश्विन ४,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको