१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १२ र १४ वर्षीय किशोर पक्राउ !


साउन ५, काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाशिला गाउँपालिका–५ का १२ र १४ वर्षीय किशोर छन् ।

मानसिक रुपमा अपाङ्गता भएकी ती किशोरीलाई गत जेठ १७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–९ बस्ने २० वर्षीय अतुल तमौलीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई २०७६ भदौ १६ गते जबरजस्ती करणी गरी फरार रहेका अतुललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

५ श्रावण २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको