विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिन सकिने नेकपाको निष्कर्ष


असार ६, काठमाडौं | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई विवाह गरेको सातवर्षपछि मात्रै अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको छ । नेकपा सचिवालयको शनिबार बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो । तर सामाजिक सांस्कृतिक र आर्थिक अधिकार भने विवाह गरेको दिनदेखि नै प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्रको व्यवस्था गर्न सकिनेछ ।

२०७५ सालेदखि संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकमा यसअघि राज्यव्यवस्था समितिमा रहेका सदस्यहरुलाई बोलाएर नेकपाका अध्यक्षद्वयले छलफल गरेका थिए । सबै सांसदहरुले सातवर्षको अवधिपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने बताएका थिए ।

यस्तै विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको छ ।

२०७७ असार ६,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको