नेकपाको सचिवालय बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

फाइल फोटो

असार ६, काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिवार बस्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ ।

बैठक, पार्टीका प्रधानमन्त्री केपी ओली शर्माको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ९ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

आजको बैठकमा एमसीसीको विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । आज एमसीसी परियोजनाबारे पार्टीभित्र देखिएको विवादका विषयमा केन्द्रित रहेर छलफल हुने स्रोतले जनाएको छ ।

२०७७ असार ६,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको