तपाईको लागि यो साता कति शुभ, कति अशुभ ? हेर्नुहोस्


असार ६, काठमाडौं | असार ६ गते (आज) देखि १२ गतेसम्मको राशिफल हेर्नुहोस् |
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता प्राविधिक काममा सफलता मिल्ला । दुरदराजमा रहेका साथी भाई र आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउनेछ । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग कलेजी वा घ्यूरङ्ग हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभ रङ्ग पहेंलो वा रातो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मध्य साताबाट आकस्मिक धन लाभ हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभअङ्क ६,७ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । छोटो दुरीको लाभदायक यात्राको योगछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
नयाँ काममा हात हाल्ने समय छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । बुधबारबाट शैक्षिक क्षेत्र कमजोर रहनेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शनगरी कार्य आरम्भ गर्नाले लाभ मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाजुभाईले तपाईंका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् र मनमा दुविधा उत्पन्न हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । मध्य साताबाट प्रेमीको सहयोग पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५,७ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । मित्र वा आफन्तबाट मिल्नेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । हाँसखेल र मनोरञ्जनपूर्ण समय बित्ला । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग गुलाबी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दाजुभाई वा नजिकका मित्रले सहयोग गर्नेछन् । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ, तर अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । यो साताका लागि शुभअङ्क २,६ र शुभ रङ्ग सेतो वा निलो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । साताको अन्त्यमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )

६ असार २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको