युएई/नेपाल मगर संघ शाखा युएईले युएईमा वस्ने नेपालीलाई सहयोग बितरण गरिसकेको छ । गैरआबासिय नेपाली संघ र नेपाली समाजसंग समन्वय गरि संघले राहत बितरण गरेको हो ।
“लकडाउनको कारणले धेरै मजदुरहरु अनपेडमा बस्नु भएको छ । धेरैले खानपिनको समस्या झेलिरहनु भएको छ । तिनै दाजुभाइ दिदिबहिनीहरुलाई संघले सकेको सहयोग गरेको हो ।” संघका प्रमुख सल्लाहकार टंक थापा मगरले पोष्टपाटीसंग बताउनु भयो ।
मजदुर सहयोगको लागि युएई सरकारबाट स्वीकृति लिएको गैरआवासीय नेपाली संघ युएईसंग समन्वय गरि संघका प्रमुख सल्लाहकार समेत रहनु भएको टंक थापा मगर, सुनिता राना थापा मगर र अध्यक्ष शिला राना मगरको टिमले २५० किलो बराबरको राहत सामाग्री बितरण गरेको हो ।
“समस्यामा छौँ भनेर धेरै जनाले फोन गर्नुहुन्छ । चाहेर पनि सबैलाई यथेष्ट सहयोग गर्न सकिएको छैन । यदपी हामी समस्यामा परेका मजदुरहरुको कम्पनीमा बुझ्छौँ, जो जसलाई राहतको आबस्यकता छ, हामीसंग भएको धेरथोर हामी दिइरहेका छौँ । अभियान निरन्तर चलिरहन्छ । सबैले केही न केही दिउँ । कोहि भोको नबसौ । थोरै खाउँ तर मिलेरै खाउँ । त्यही भएर संघले त गरिरहन्छ नै साथसाथै आफ्नो ब्यक्तिगत तवरबाट पनि गरिरहेकी छु । मानबिय दर्शाउने समय यहि त हो । अलिकती भएकाहरुले दिने भनेकै नभएको वेलामा हो ।” अध्यक्ष शिला राना मगरले बताउनु भयो ।
कोरोनाले उत्पन्न बिकराल परिस्थितिलाई मध्यनजर राख्दै संघका महासचिव नयन घर्ती मगरले आइतवार ‘कोरोना पीड़ित राहतकोष संकलन’ बिषयमा एउटा परिपत्र समेत जारी गर्नु भएको छ ।
परिपत्रमा भनिएको छ, ‘भविष्यमा आइपर्न सक्ने कोरोना असरलाई मध्यनज़र राख्दै नेपाल मगर संघ नेपालको परिपत्रलाई आधार मानेर हामी पनि ‘कोरोना राहत कोष स्थापना गरौं भनि यसै परिपत्र मार्फत सबै मगर बुद्धिजीवी, अभियान्ता ज्युहरुमा अनुरोध गरिन्छ ।’
प्रतिक्रिया दिनुहोस