माल्टामा बस्ने नेपालीलाई आबस्यक सामानको होम डेलिभरी र अनलाइन सपिङको ब्यबस्था


चैत्र ८, माल्टा । यतिखेर विश्व कोरोनाको कहरले प्रभावित भएको छ । विशेषगरी युरोपियन मुलुकहरु यसको प्रत्यक्ष मारमा परेका छन् । युरोपको पर्यटकीय देश माल्टामा पनि कोरोना भाईरसको संक्रमणबाट प्रभावित भएपछी त्यहाँबस्ने नेपालीहरुका लागि माल्टास्थित गोल्डेन एभरेष्ट ग्रुपले खाद्यान्न लगायतका अति आबस्यक सामाग्रीहरुको सुबिधा प्रदान गर्ने जनाएको छ । अति आबस्यक सामानको होम डेलिभरीको सुबिधा समेत रहेको गोल्डेन एभरेष्ट ग्रुपका लगानीकर्ता तथा संचालक कमल भण्डारीले बताए ।

आबस्यक सामाग्रीहरु अनलाइन अर्डर मार्फत सेवा लिने ब्यबस्थापनि मिलाइएको छ । मार्केटमा केहि महिनाका लागि प्रयाप्त सामाग्रीहरु रहेको जनाए ।

माल्टामा रहेका कुनै नेपालीहरु आफु बिरामी परे हस्पिटलसम्म लैजाने गाडीको ब्यबस्था समेत प्रदान गर्ने अर्का संचालक गंगा गौतमले बताए । उनका अनुसार गोल्डेन एभरेष्ट ग्रुपले पहिलाभन्दा पनि ५ प्रतिशत छुटका साथ एशिएन उत्पादनहरु बिक्री गर्नुका साथै डेलिभरीको समेत व्यबस्था गर्दै आएको छ ।

मानवताका लागि गोल्डेन एभरेष्ट ग्रुपले काम गरिरहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनएका सल्लाहकार सोम सापकोटाले बताए । अहिले नाफामा भन्दा पनि समाजसेवाको दृष्टिकोणले आफूहरुले काम गर्दै आएको सापकोटाले बताए ।

माल्टामा कति छन् नेपालीहरु ?

करिब ४ लाख ९५ हजार जनसंख्या रहेको माल्टामा लगभग ३ हजार ५ सय भन्दा धेरै नेपालीहरु बस्ने गर्दछन् ।

हालसम्म दुई नेपाली (पुरुष)लाई कोरोनाको संक्रमण देखिएको र उनीहरुको स्थिति अहिले सामान्य रहेको एनआरएनए सल्लाहकार सोम सापकोटाले बताएका छन् ।

पब्लिक हेल्थ सुपरिटेनडेन्ट चेयरमेन गाउसीका अनुसार माल्टामा कोरोनाबाट संक्रमित संख्या ३ सय २४ जना रहेका छन् । हालसम्म माल्टामा कोरोना भाइरसका कारण ६० वर्षभन्दा माथिका ३ जनाले ज्यान गुमाइसकेका छन् ।

लकडाउनको अनिवार्य पालनाको लागू गरिएका कारण र उपचार भएकाहरुको संख्या बढ्दै गएपछि संक्रमित संख्या पहिलाको भन्दा घट्दै गएको बताइएको छ ।

बेरोजगार रहेका नेपालीहरुलाई मध्यनजर गर्दै कम्तिमा ४० परिवारलाई राहत वितरण गर्ने कार्य शुरु गरिएको छ । मास्क, ग्लव, सेनिटाईजर लगायतका सामग्रीहरु पाउन गाह्रो हुने हुँदा माल्टा नेप्लिज कम्युनिटीले मास्क वितरण गर्ने भएको छ ।

संकटमा परेकाहरुलाई माल्टा सरकारले स्वदेश फर्कन चाहेमा सहुलियतमा पठाउने व्यबस्था गर्दै फारम भर्न अनुरोध गरेको छ । यद्यपि नेपालीहरुले ठुलो रकम खर्च गरेर आएको हुँदा जसोतसो गरेर भएपनि बस्नैपर्ने बाध्यतामा छन् । कोरोनाको कारण पर्यटन क्षेत्रमा परेको प्रभावका कारण माल्टामा नेपालीको संख्या घटना जाने स्वभाविक देखिन्छ ।

माल्टामा लकडाउन  

कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि माल्टा सरकारले लकडाउनको कडा नीति अपनाएको छ । खाद्यान्न र औषधि पसलबाहेक अन्य पसलहरु सबै पूर्ण रुपमा बन्द छन् । सोसिएल डिस्टान्स तथा ३ जनाभन्दा बढीको समूहमा बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

माल्टावासी नेपाली र स्थानीय मेयरसँगको सहकार्यमा नगरपालिकामा नेपाली भाषामा समेत प्रचार सामग्रीहरु राखिएको छ । माल्टामा नेपालीहरु विशेषगरी रोजगारीका सिलशिलामा आउने हुँदा थुप्रै नेपालीहरु लकडाउनको मारमा परेका छन् । मुख्य आयस्रोत नै पर्यटन क्षेत्र रहेको माल्टा कोरोनाबाट निकै प्रभावित बनेको छ ।

पर्यटन क्षेत्रमा परेको प्रभावका कारण थुप्रै नेपालीहरु बेरोजगार बनेकाले उनीहरुलाई खान बस्न समेत कठिनाइ हुँदै आएको छ।

नेपाली दूतावास लन्डन, गैरआवासीय नेपाली संघ माल्टा, माल्टा नेपाल फ्रेन्डशिप एसोसिएसन लगायत स्थानीय मेयरको संयुक्त प्रयासमा उनीहरुको लागि आवश्यक सहयोग भैरहेको सापकोटाले बताएका छन् ।

हाल रहेका मानिसहरुलाई नै व्यवस्थित गर्ने उद्देश्यले माल्टा सरकारले थप आउनलाई रोक लगाउने र कतिपय भिसा समेत खारेज गरेको बताइएको छ । माल्टाको पर्यटक क्षेत्रमा परेको असरले माल्टालाई वर्षौंसम्म प्रभाव पर्न सक्ने विज्ञहरुले बताएका छन् ।

नेपाली दूतावास लन्डनको चासो

माल्टामा रहेका नेपालीहरुलाई परेको असुविधालाई नेपाली दूतावास लण्डनले निकै चासोका साथ् नियाल्दै आएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) सँगको सहकार्यमा दूतावासले आवश्यक काम कारवाही गर्दै आएको हो । अहिलेसम्म दूतावासको तर्फबाट पटक–पटक भिडियो कन्फ्रेन्स सम्पन्न भैसकेको छ ।

माल्टामा रहेका नेपालीहरु, एजेन्सी र कम्पनीसँग सम्पर्क गरि नेपाली कामदारहरुलाई सहयोग गर्न अनुरोध गर्नुका साथै नेपाली कामदारहरुको भिसा रिन्यूको लागि सम्बन्धित निकायसँग अनुरोध समेत गरिसकेको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले बताएका छन् ।

अनलाइन खरिदका लागि यी लिंकमा सम्पर्क गर्न सकिनेछ 

www.facebook.com/shopngomalta

www.shopngo.com.mt/en/

८ बैशाख २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको