दाङमा एक किशोरलाई कोरोना लागेको आशंका


चैत ७, दाङ । भारतवाट आएका घोराहीका एक किशोरमा कोरोना भाइरसको आशंका गरिएको छ ।

शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगेका घोराही निवासी १७ बर्षीय ती किशोरमा कोरानाको उच्च आशंका गरिएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

उनी निजी हस्पिटलमा उपचार संभव नभएपछि प्रतिष्ठानमा रेफर गरिएका विरामी भएको पनि प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । ती किशोरलाई विगत १८ दिनदेखि ज्वरो आइरहेको भएपनि उनी हालसालै मात्रै भारतवाट घोराहीस्थित घरमा आएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

एक चिकित्कसले ती किशोरमा कोरोनाको आशंका गर्न मिल्ने उच्च ज्वरो, कफ, डाइरिया लगाएका समस्या रहेको जानकारी दिएका छन् । उनलाई प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जानकारी दिइएको छ ।

दाङमा कोरोनाको स्याम्पल पठाउने क्यारियर नै छैन

काठमान्डौं बाहेक अन्त कतैपनि कोरोना चेकजाँच हुदैन । त्यसैले काठमान्डौं बाहेक सबै ठाउँवाट विरामीको स्याम्पल चेकजाँचका लागि काठमान्डौं पठाउनै पर्छ ।

तर स्याम्पल लिन चिकित्सकले लगाउनु पर्ने प्रोेटेक्टिभ केयर (पर्सनल प्रोटिक्टिभ इकयूपमेन्ट) प्रतिष्ठानका एउटा मात्रै छ । त्यो पनि जनश्वास्थ्यले उपलब्ध गराएको हो । त्यो विना चिकित्सक पनि विरामीको स्याम्पल लिन मान्दैनन् ।

प्रतिष्ठान स्रोतका अनुसार विरामीको स्याम्पल लिन समेत चुनौती छ । अर्कौ तर्फ विरामीको स्याम्पल लिएपछि त्यो बोक्न आवश्यक पर्ने भाईरल ट्रान्सफर क्यारियर (भिपी क्यारियर) पनि प्रतिष्ठानमा छैन । त्यो स्पेशल क्यारियर विना विरामीको स्याम्पल पठाउन संभव हुँदैन ।

जोखिम मोलेर चिकित्सले विरामीको स्याम्पल लिएपनि त्यो पठाउने क्यारियर नभएको हुँदा स्याम्पल तुरुन्तै पठाउन सक्ने अवस्था नरहेको प्रतिष्ठान प्रशासन स्रोतले जानकारी दिएको छ ।

प्रदेश सरकार र संघीय सरकार कसैले पनि दाङमा हालसम्म कोरोना भाइरसको स्याम्पल बोक्ने भिपी क्यारियर नपठाएको एक चिकित्सकले जानकारी दिए । राम्रो गरि सरकारसंग समन्वय नै नभएको तथा कोरोना बारे प्रतिष्ठानका कसैले पनि तालिम समेत नपाएको उनले गुनासो गरे ।

तथापी ती आशंका गरिएका विरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिरहेको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

२०७६ चैत्र ७,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको