कोरोना संक्रमित भेटिए सरकारले उपचार गर्ने


चैत ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित कोही नेपाली भेटिए सरकारले उपचार गर्ने बताएका छन्।

शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएको बताउँदै यदि संक्रमित कोही नेपाली भेटिए सुरक्षित रुपमा सबै उपचार सरकारले गर्ने बताए।

‘उपचारका लागि कुनै कसर बाँकी हुँदेन। देशभरका अस्पतालबाट उपचार हुन्छ। स्वास्थ्यकर्मी परिचालन गरिएका छन्। उनीहरुलाई आवश्यक सेवा र सुविधा दिइनेछ’, प्रधानमन्त्रीले सम्बोधनमा भने।

७ चैत्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको