चैत ७, रोल्पा । रोल्पामा पछिल्लो समय सहयोग संकलनबाट विद्यालय संचालन गर्ने कार्य वृद्ध हुँदै गएको छ ।
यसैक्रममा गंगादेव गाउँपालिका १ बिवाङ्चौरमा रहेको जनता आधारभूत विद्यालयले शैक्षिक गुणस्तर तथा भौतिक ब्याबस्थापनको सुधार र विद्यालयलाई कक्षा थप गरि आधुनिक शिक्षामा जोड दिने उदेश्यले विद्यालय विकास योजना को कार्यक्रमलाई निरन्तर अगाडि बढाएको छ ।
विव्यस अध्यक्ष कमल डाँगीको संयोजकत्वमा सुरु भएको अभियानबाट अहिलेसम्म ११ लाख १० हजार ६ सय ७९ रकम देश तथा विदेशबाट सहयोग स्वरुप जम्मा भएको शिक्षक प्रबिन कुमार वलीले जानकारी दिए ।
उनले भने- ‘देश तथा विदेशबाट सहयोग गर्ने क्रम जारी छ, आफ्नो एक छाक कटाएर भएपनि शिक्षाप्रेमीहरुले सहयोग गरिराख्नु भएको छ, हामि खुशी छौ,’ । ओलीले शिक्षामा लगानी गरे मात्र देशको विकासमा सहयोग पुग्न्ने बताउछन । शिक्षक ओलीले शिक्षा विकासको मेरुदण्ड भएकाले सबैले आफुहरुको अभियानलाइ अझै उचाईमा पुर्याउन आर्थिक सहयोगको खाँचो रहेको बताए ।
वि.स.२०५२ सालमा स्थापना भएको यस विद्यालयमा हाल जम्मा ११ जना शिक्षक शिक्षिकाहरु कार्यरत छन् । कक्षा १-८ सम्म संचालित उक्त विद्यालयमा छात्र १ सय २० र छत्रा १ सय १७ गरि जम्मा २ सय ३७ जना विद्यार्थी अध्यनरत रहेका छन ।
विद्यालय विकास योजनाबाट संकलन भएको रकमले विद्यालय घेरबार, विद्यालयको जग्गा भिरालो भयकोले उपयुुक्त स्थानमा जग्गा खरिद गरि स्थान परिबर्तन गर्ने, खेलमैदान निर्माण गर्ने, कम्प्युटर खरिद र ईन्टरनेट जडान गर्ने, निकट भबिस्यमानै माध्यमिक सम्म संचालन गर्ने लगायतका उदेश्यहरु विद्यालयले अघि सारेको छ ।
‘हाम्रा नानी बाबुहरुलाई बनाउ ज्ञानि र स्वभिमान, विद्यालय विकास योजनामा हाम्रो आर्थिक अभियान” भन्ने नाराका साथमा २०७६ मंसिर २६ गते उक्त कार्यक्रमको उत्घाट्न गरिएको थियोे । विद्यालय को योजना प्रती स्थानीय तहको सरकार पनि सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ ।
भौगोलिक हिसाबले पिछडिएको र विकट मानिने गङ्गादेव १ बिवाङचौरमा शिक्षा क्षेत्रमा देखिएको उल्लासमय र प्रभावसाली देखिन्छ । ग्रामीण भेग भएकोले शिक्षा क्षेत्रमा अन्धकार मानिने रोल्पामा यो उदाहरण योग्य र समय सान्दर्भिक मानिएको छ ।
प्रतिक्रिया दिनुहोस