फागुन ८, काठमाडौँ । चीनको वुहानबाट उद्दार गरी ल्याइएका १ सय ७५ जना नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वुहानबाट कसैमा ल्याइएका १ संय ७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि कोरोना भाइरस संक्रमण नभेटिएको जानकारी दिएको छ।
उनीहरूलाई ४ फागुनमा चीनबाट उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएको छ ।
परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ । नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण नभएको पाइएको छ।
नाक तथा घाँटीबाट स्याम्पल लिएर परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ पाइएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस