प्रदेश ५ का सांसद पोखरेलको निधन


माघ ६, काठमाडौँ । प्रदेश ५ का सांसद बलदेव शर्मा पोख्रेलको निधन भएको छ ।

उनको सोमबार आफ्नै निवासमा निधन भएको नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका–१४ का सभापति नारायण ढकालले बताए ।

क्यान्सर रोगबाट पीडित पोख्रेललाई तिलोत्तमास्थित क्रिमसन अस्पतालमा राखिएको थियो । उनलाई निको नहुने भएपछि केहीदिन अघिमात्र घर लगिएको थियो । प्रमुख प्रतिपक्षी दलका सांसद बलदेव प्रदेश ५ का ज्येष्ठ सदस्य थिए ।

उनी कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभामा सदस्य भएका थिए । विसं १९९४ मा प्युठानको तुसारामा जन्मिएका बलदेव २०२० सालबाट रुपन्देही कांग्रेसमा सक्रिय थिए । पोख्रेलका श्रीमती, ४ छोरा र २ छोरी छन् ।

२०७६ माघ ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको