माघ ६, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ ।
अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो । सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् । तर, यो गाडी कसले चढ्दै आएको खुलेको छैन् ।
सडक ढाकेर पार्किङमा राखेको प्रहरीको गाडीमा लक लगाइएको महाशाखाका प्रवक्त एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस