सानिमा बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा विषेश छुट


माघ ६, काठमाडौं । सानिमा बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरे ।

अस्पतालसँगको सम्झौता पश्चात बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्योपचारमा केहि राहत महसुस गराउन उक्त कदम चालिएको जनाएको छ ।

६ माघ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको