दाङमा काम सकेर घर फर्कंदै गर्दा लुटिइन् सविता


कात्तिक ३, दाङ । दाङमा महिला पत्रकार लुटिएकी छन् ।

तुलसीपुरस्थित ‘रेडियो हाम्रो पहुँच’मा कार्यरत सविता सुनार आइतबार बेलुका समाचार पढेर घरतर्फ जाँदै गर्दा आइतबार बेलुका सात बजेतिर बाटोमै लुटिएकी हुन्।

टुट्वान्टी बाइकमा सवार दुई जना युवाले पत्रकार सुनारको मोबाइल र एउटा कानमा लगाएको कानबाली लुटेर भागेका थिए।

पत्रकार सुनारमाथि ऊँ शान्ति सिनेमा हल नजिकै लुटपाट भएको हो । त्यसको सम्मुखमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय रहेको छ ।

पत्रकार सुनारमाथि भएको लुटपाटको विषयमा सोमबार मध्यान्ह १२ बजेपछि तुलसीपुर क्षेत्रका पत्रकारहरू प्रहरीको ध्यानाकर्षण गराउन इप्रका जाने भएका छन् ।

प्रहरी अधिकारीले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

२०७७ कार्तिक ३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको