थपिए ३ हजार ७९० कोरोना संक्रमित, सक्रिय संख्या नाघ्यो ४० हजार


कात्तिक ३, काठमाडौं । सोमबार थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।

त्यस्तै  २ हजार ३३५ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको मन्त्रालयले जनाएको छ।

थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार बढीको पिसिआर परीक्षण गरिएको हो।

३ कार्तिक २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको