दाङमा १ लाख ३८ हजार रूपैयाँसहित ५ जुवाडे पक्राउ


कात्तिक २, दाङ । दाङको घोराहीबाट झन्डै १ लाख ३८ हजार रकमसहित ५ जुवाडे पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका वडा नं‍ १५ निवासी ३० वर्षीय प्रविण खत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजेतिर छापा मार्दा ५ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा प्रविण खत्री सोही ठाउँका ३५ वर्षीय दिलबहादुर घर्ती मगर, ४० वर्षीय हेमन्त बुढाथोकी, ४९ वर्षीय भरत जिएम र २७ वर्षीय गोविन्द शाह रहेको डिएसपी खड्काले बताए।

उनीहरुको साथबाट प्रहरीले १ लाख ३७ हजार ९ सय ४० रुपैयाँ नगद, खेलिरहेको २ गड्डी तास र नखेलेको थप १० गड्डी तास बरामद भएको खड्काले बताए।

पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ।

२०७७ कार्तिक ३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको