असोज ३, काठमाडौं । सरकारले संबिधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ ।
पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गर्न थालिएको हो ।
प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशक÷सम्पादक हुन । । त्यस्तै उनी प्रेस संगठन प्रदेश ५ को संयोजक समेत रहेका छन ।
पत्रकार महासंघ दाङको दुई कार्याकाल सचिव र एक कार्यकाल सल्लाहकार रहेर काम गरेका प्रियासन छोटो समयमा पत्रकारितामा राष्ट्रिय रुपमै स्थापित पत्रकारको रुपमा चिनिन्छन । उनी उपन्यासकार पनि हुन ।
प्रियासनका हालसम्म आधा दर्जनभन्दा बढी उपन्यासहरु प्रकाशित भइसकेका छन् । विभिन्न पुस्तक महोत्सवहरुमा प्रियासनका उपन्यासहरु अत्यधिकरुपमा बिक्री बितरण भइरहेका छन् । २०६२/०६३ को आन्दोलन अघि साहित्य क्षेत्रमा कलम चलाउने प्रियासन त्यसताकाबाट पत्रकारितामा पनि क्रियाशिल छन ।
उनी जनआन्दोलनमा समेत सक्रिय सहभागि थिए । प्रियासन विभिन्न दर्जनभन्दा बढी सामाजिक संघ सस्थाहरुमा आवद्ध छन ।
यस्तै सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल सहित १६ जना पत्रकारलाई मानपदव, अलकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।
यसरी बिभुषित हुनेमा कँडेलसहित डा.राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के ९प्रवल जनसेववा श्री चतुर्थ० रहेका छन ।
यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन , हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो ।
प्रतिक्रिया दिनुहोस