संविधान दिवसमा दाङका सात जनालाई मानपदवी


असोज ३, काठमाडौँ । सरकारले संविधान दिवसका अवसरमा दाङका विभिन्न सात जनालाई विभिन्न पदवीबाट सम्मानको घोषणा गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाङ सात व्यत्तित्वसहित देशका ५ सय ९४ जनालाई मानपदवीले सम्मान गर्ने घोषणा गरेकी हुन् ।

प्रवल जनसेवा श्री (चतुर्थ) बाट दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, तुलसीपुर उपमहानगरपालिका–६ निवासी समाजसेवी ललितबहादुर वली, जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्द, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दरवन्दी भइ हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत डा सर्वेश शर्मा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्याथालोजिष्ट डा.गोपाल लामालाई सम्मानीत गरिएको छ ।

यसैगरी पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याव टेक्निसियन (पाँचौं तह) जनसेवा श्री (पञ्चम) बाट सम्मानीत गरिएको छ ।

सरकारले ४ सय ५३ जनालाई मानपदवी, १ सय १४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरेको हो ।

३ आश्विन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको