दाङमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

फाइल तस्बिर

असोज ३, दाङ । दाङमा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट शान्तिनगर गाउँपालिका वडा नं. ४ गढवा निवासी ५० बर्षीय आइते रोकाको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार शनिबार अपरान्त ४ बजेतिर तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प १०९४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाईते भएको उनको मृत्यु भएको हो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

२०७७ आश्विन ३,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको