दाङका २ कारागारबाट १७ कैदीबन्दी रिहा


असोज ३, दाङ । संविधान दिवसको अवसरमा दाङको घोराही र तुलसीपुर कारागारबाट १७ जना कैदीबन्दी रिहा भएका छन् । तुलसीपुर कारागारबाट ६ जना र घोराही कारागारबाट ११ जना कैदी छुटेका हुन् ।

असल आचरण भएका, नकारात्मक सूचीमा नपरेका र ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीको कैद मिनाहा भएको तुलसीपुर कारागारका जेलर युवराज परियारले बताए ।

तुलसीपुर कारागारबाट सवारी ज्यान मुद्धाका २ जना, डाँका चोरी मुद्धाका १ र नकावजनी चोरी मुद्धाका ३ जना कैदी बन्दी रिहा भएका हुन् ।

त्यस्तै घोराही कारागारमा २८७ जना कैदीबन्दीमध्ये ११ जना छुटेको कारागारका जेलर बिष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

३ आश्विन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको