असोज ३, काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यसमध्ये काठमाडौंका ५ सय ७०, ललितपुरका ५८ जना र भक्तपुरका ८३ जना छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आजमात्रै १४४७ जना निको भई घर फर्किसकेका छन् भने थप ११ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस