संविधानसभाबाट संविधान निर्माण ऐतिहासिक महत्वपूर्ण राजनीतिक परिघटना: प्रचण्ड

फाइल तस्बिर

असोज ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताको अपेक्षा पूरा गर्न व्यापक विकास परियोजना अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।

पाँचौं संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले जनताले नेकपालाई विश्वास गरी बहुमत प्रदान गरेकामा आभार प्रकट गर्दै त्यसलाई न्याय गर्न व्यापकरूपमा विकासका परियोजना अघि बढाइने जनाए ।

राष्ट्रको एकता र जनताको आकाङ्क्षा पूर्ति गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

सबै नेपालीमा एकताको, शान्ति र समृद्धिको एउटा नयाँ संकल्प लिने दिनको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैँमा एउटा ऐतिहासिक महत्वपूर्ण राजनीतिक परिघटना भएको बताए ।

‘संविधान बनाउनका निम्ति त्याग, तपस्या र बलिदानका कीर्तिमान कायम गर्ने ती हजारौं शहिद, हजारौं बेपत्ता युद्दाहरु, घाइते र अपाङ्ग हजारौं क्रान्तिकारीहरु र नेपाली जनताका असल छोराछोरीहरु सबैप्रति म श्रद्धाञ्जलि एवम् सम्मान व्यक्त गर्न चाहन्छु र उनीहरु सबैका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु,’ उनले सन्देशमा भनेका छन् ।

३ आश्विन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको