आज कहाँ-कहाँ हुन्छ भारी वर्षा ?

फाइल तस्बिर

असोज ३, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आज भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यस्तै, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।

त्यस्तै, राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

३ आश्विन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको