आन्तरिक उडानको भाडा घट्यो, कहाँ जान कति लाग्छ ? [भाडादरसहित]

फाइल तस्बीर

चैत ६, काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडा घटाएका छन्।

निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको संस्था नेपाल वायुसेवा संघको आज बसेको बैठकले हवाई भाडामा लाग्ने इन्धन शुल्क घटाउने निर्णय गरेको हो।

हवाई इन्धनको मूल्य घटबढ हुँदा सोहीअनुसार इन्धन शुल्क घटबढ हुने व्यवस्था छ । इन्धन शुल्क घटेसँगै भाडा स्वतः कम हुनेछ।

उपभोक्ताले उडानका निम्ति तिर्ने पूरा भाडामा तीनप्रकारका शुल्क जोडिएका हुन्छन्- कम्पनीले तोकेको शुल्क, इन्धन शुल्क र विमानस्थल शुल्क। यसमा कम्पनीले तोकेको र विमानस्थल शुल्क स्थिर हुन्छन्। इन्धन शुल्क भने इन्धनको मूल्यअनुसार हेरफेर हुन्छ।

नेपाल आयल निगमले मंगलबार हवाई इन्धनमा प्रति लिटर ४ रुपैयाँ ५० पैसा घटाएको थियो।

वायुसेवाहरूले घटाएको इन्धन शुल्कमा सबैभन्दा बढी धनगढीको घटेको छ । धनगढीको शुल्क २ सय रुपैयाँ कम भएको छ।

हेर्नुस भाडादर 

२०७६ चैत्र ६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको