भारततर्फका नाकामा थप कडाइ गर्ने सरकारको निर्णय


चैत ६, काठमाडौं । सरकारले भारततर्फका नाकाहरुमा थप कडाइ गर्ने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले कोरोना भाइरस भित्रिन सक्ने भएकाले ती नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो।

प्राधिकरणको बैठकमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङलगायत उपस्थित थिए । यस्तै, २१ मन्त्रालयका सचिव पनि बैठकमा सहभागी थिए।

यसैबीच, नेपाल–भारत नाका व्यवस्थित गर्ने सम्बन्धमा दुई देशका परराष्ट्रस्तरीय छलफल पनि जारी रहेको जनाएको छ। बिहीबार साँझसम्म दुई देशका नाका व्यवस्थित गर्ने निर्णय हुने जानकारी बैठकमा गराइएको थियो।

२०७६ चैत्र ६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको