दाङमा पार्किङ् गरि राखिएको बसमा कसले गर्यो आगजनी ?

अज्ञात समुहको आगजनीबाट जलेको गाडी

चैत ६, दाङ । तुलसीपुर बसपार्कमा तीन महिनादेखि पार्किङ गरि राखिएको बसमा अज्ञात समुहले आगजनी गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी सुमन काकीको ना ४ ख ७१८८ नम्बरको बसमा आगलागी भएको प्रहरीले बताएको छ ।

बुधबार राती सवा ११ बजे तिर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए । आगलागीबाट गाडीको ‘बडि’ जलेर नष्ट भएको छ ।

गाडीमा भएको आगजनीलाई प्रहरीले बुधबार राति पौने १२ बजे नियन्त्रणमा लिएको हो । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । उक्त बस तीन महिनादेखि बसपार्कमा पार्किङ गरेर राखिएको प्रहरीले बताएको छ ।

६ चैत्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको