फागुन ७, दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नं ८ ले पूर्ण सरसफाइ अभियानलाई तिब्रता दिएकाे छ ।
वडाध्यक्ष गिरिराज बाठाकाे संयाेजकत्वमा वडा कार्यालय लगाएत २१ वटै टाेलका सार्बजानिक स्थानहरुमा सरसफाइ अभियान संचालन गरिएकाे हाे ।
वडाले सरसफाको गर्न अपिल गर्दै आगामि डेढ बर्ष भित्र पूर्ण सरसफाइ उन्मुख वडा घाेषणाा गर्ने लक्ष्यका साथ बाेर्ड टाँस गरि अभियानलाइ तिव्रता दिएकाे छ । सार्वजजनिक स्थानमा हाेर्डिङ बाेर्ड टाँस, डस्टबिन बितरण, चेतना मुलक गतिबिधि लगायतका काम गर्दै अाएकाे छ ।
वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति वडा नं ८ काे अगुवाइमा प्रत्यक घरधुरिमा सरसफाइकाे अवस्था हेर्नकाे लागि घरधुरि भेटघाट पनि सम्पन्न गरेएकाे छ । वडाकाे सरसफाइकाे प्रगति अवस्था बुधबार हुने वडास्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बैठकमा समीक्षा गरि अागामि कार्ययाेजना तयार गरिने वडा अध्यक्ष गिरिराज बाठाले जानकारि दिए ।
बंगलाचुलि गाँउपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छताकाे क्षेत्रमा नेपाल रेडक्रस साेसाइटीले सहजिकरण गर्दै अाइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस