गैर आवासीय नेपालीलाई नेपालसंग जोड्न सके मात्र नेपाललाई फाइदा हुन्छ: सहमहामन्त्री महत


माघ ५, पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले गैरआवासीय नेपालीहरु नेपालसँग जोडिराख्दा मात्रै नेपालले फाइदा लिन सक्ने बताएका छन।

आइतबार पोखराको रुपाकोटमा गैर आवासिय नेपाली महासंघको अन्तरास्ट्रिय समान्वयन परिषदकोको बैठकलाई संबोधन गर्दै नेपाली कांग्रेसका सह महामन्त्री महतले नेपाल भन्दा बाहिर रहेका गैर आवासीय नेपालीहरुलाई केही लिमिटेसन राखेर नागरिकता दिनुपर्ने पनि तर्क गरे ।

अहिले बाहिर रहेका गैर आवासीय नेपालीलाई त्यहा सम्म पुर्याउने हैसियत नेपाली आमा बुबा र दाजुभाइहरुले नै बनाइदिएको पनि महतले बताए । गैर आवासीय नेपाली नागरिकलाई अर्कै देशको नागरिक जस्तो व्यवहार गरेर ती नेपालीलाई नेपालबाट टाढा बनाउन नहुनेमा सहमहामन्त्री महतले जोड दिए ।

गैर आवासीय नेपालीलाई नेपालसँग जोडिन सहज बनाउने कानुन बनाउन कहाँनेर सहयोग गर्नुपर्छ त्यहा सहयोग गर्न आफू तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे ।

५ माघ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको