कामना सेवाको प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालन


माघ ५, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका– ४, बर्दघाट र रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा आजबाट एकैसाथ २ वटा शाखा कार्यालय सञ्चालन आएका हुन ।

योसँगै अब बैंकको शाखा संख्या ११६ पुगेको छ । बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए ।

यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा यी शाखा सहित ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

२०७६ माघ ५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको