डा. केसीको स्वास्थ्य तलमाथि भए सरकारका लागि भारी हुने साझाको चेतावनी


असोज २, काठमाडौं । साझा पार्टीले अनसनतर डा. गोबिन्द केसीका जनमुखी माग र उनको स्वास्थ अवस्थाबारे सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

साझा पार्टी संचार विभागले प्रेस विज्ञप्ति जारी गरी सत्याग्रहको पाँचौ दिनमैँ ‍डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएको चिकित्सकहरूले बताएको भन्दै तुरून्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न माग गरेको हो ।

स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताका लागि माग राख्दै डा. केसीले जुम्लाको रानिचौरस्थित बाबिरामष्ट मन्दिर परिसरमा ५ दिनदेखि अनसनमा छन् । डा. केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउन देशका विभिन्न ठाउँबाट आएको साझा पार्टीको बिशेष टोली अहिले सत्याग्रह स्थलमा पुगेको जनाइएको छ ।

डा केसीले समतामूलक, भ्रष्टाचाररहित र न्यायपूर्ण समाजका लागि राखेका मागहरू आफूलाई समाजवादी भन्ने कम्युनिस्ट सरकारको एजेण्डा भएको साझाले भनेको छ । तर सरकार भ्रष्टाचार, नातावाद र कृपावादमा मात्र नभइ लोकतन्त्र र संविधानकै धज्जी उडाउने गरि चोर बाटोबाट नियुक्ति र मनोनयन गर्नमा व्यस्त रहेको साझाको ठहर छ ।

यस्तो अवस्थामा डा केसीको स्वास्थ्य तलमाथि भयो भने त्यसले जनताको धैर्यको बाँध टुटाउने र त्यसको मूल्य सरकारका लागि भारी हुने साझाको चेतावनी छ ।

२ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको