काठमाडौँ उपत्यकामा ८ सय ५९ जना कोरोना संक्रमण पुष्टि


असोज २, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ८५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बिहीबार मात्रै ६१८ जनामा कोरोना संक्रमण देखिएको थियो।

काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ६१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २ हजार २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

१७ हजार ३८३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार ७३६ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा ११ हजार ४५८ पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ। मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला र रसुवामा संक्रमितको शून्य संख्य रहेको छ। यस्तै मन्त्रालयका अनुसार आइसीयूमा १७३ र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ।

नेपालमा हालसम्म कोरोनाबाट ३९० जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै ७ जनाको मृत्यु भएको छ।

२ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको