कोरोनाको कहर भित्र परदेशी चेलीको कथा


ऋतु मोक्तान ‘युनिसा’
एक दिन र आजको दिन मात्रै हैन हरपल आफ्नो माटोलाई सम्झेर मातृभूमिलाई सम्झेर रुनु सिवाय पददेशीको के नै हुन्छ र ? अझै धेरै दिन हुने छ यो बन्द कोठामा समय कटाउन उकुसमुकुस छ । यो समयलाई कसरी पार लगाउने ?

कोरोना भाइरसले गर्दा बिश्व त्रसित हुँदा हामी वीर नेपाली भनेर मात्रै त्रसित नहुने कुरा भएन क्यारे ! आज विश्व नै कामिरहेको छ । त्यही वीर नेपालीको मुटु त घरिघरि घरपरिवारको चिन्ताले धड्किदै रोकिन खोज्छ । बाहिरका रंगिन संसार पनि आज सुनसान छ ।

यहाँ मात्रै हैन, बिश्वभर कोरोना भाइरसको महमारी छ । काम त चलिरहेको छ सेलरिको पनि चिन्ता छैन अहिले सम्म । यहाँ कसैले के छ कसो छ भनेर पनि सोध्दैनन् । म आफै आफ्नो माटोलाई सम्झेर यो पत्र सोध्छु- सन्चै छौ नेपाल आमा ? हाम्रा नेपालीहरुलाई बचाई देउ है । तर मलाई मेरी घरकी आमाले दिनमा तीन पटक फोन गरेर सोध्नु हुन्छ ‘माइली कस्तो छ ?’ म हाँसेर भन्छु ‘आमा ठिक छु’! तर मेरो काम चलिरहेको छ । मलाई दुख छ भनेर भन्दिन मेरी आमालाई ।

म टर्किमा छु । यस्तै टर्किमा म जस्तै लाखौं श्रमिक छ्न । जो अहिले यो कोरोनाको उच्च जोखिममा छन् । त्यसमाथि पनि अधिकांश अवैधानिक छन् । घरमा काम गर्ने हरुलाइ चिन्ता छैन् । बाहिर होटल सोकरेटीगडमा काम गर्नेहरूलाइ झनै जोखिममा छन् । मलाई यिनै साथीहरुको धेरै चिन्ता लाग्छ । मेरो देश प्रतिको माया र नेताको चरित्र देखेर म आफ्नो फेसबुकमा आक्रोश पनि पोख्छु। तर कसले सुन्छ हामी साता समुद्र परीबाट लेखेको फोस्रा कुरा ! हामी बिमा हुने नेपालीले पठाएको रेमिट्यान्सले देश चल्यो । देशको अर्थतन्त्रमा टेवा पुग्यो त आज त्यही बिश्वभर मा बिचल्लीमा परेका र उच्च जोखिममा परेर हार गुहार माग्दै गर्दा कसैले सुनेन हाम्रा कुरा ।

यहाँ त नेपाली ले नेपाली लाई पनि बेचिरहेका हुदोरहेछ । आफ्नो देशको नागरिकको सुरक्षित गर्छु भनेर खोलेको सस्थाले गरिबी र दुखिलाइ ठागी रहेको छ । तर खोइ त हामी श्रमिक नेपालहरुलाइ सुरक्षा ? यही विभेद भएन र ? नेपाली नागरिकता बोकर श्रम गरेर खाने नेपाली चाँहि नेपाली नै हैनन् र ? यो प्रश्न म कसलाई गरौं ? फेरि भारतबाट आफ्नै बोर्डरमा आएर हारगुहार मागेका नेपालीलाई सम्झिएँ । त्यही ढोकामै आएर ढोका ढक्ढक्याउनेलाई त केही गर्न सकेन भने हामी सात समुन्द्र पारी छौँ, हाम्रो कसलाई के वास्ता! यस्तै सम्झेर चित्त बुझाएँ ।

हाम्रो त भाग्य नै यस्तै रहेछ ।मनलाई कठोर बनाइ दिनभरि काम गर्छु। फेरि रातभरि सुत्नु नै छ।अनि कोल्टे फेर्दै गर्दा घरबाट मेरी आमाको फोन आयो – ‘माइली के खायौं ?’ मैले ‘खाए आमा चिन्ता नगर्नुस’ भने ।आमा ‘सुक्क’ गर्नु भयो । शायद आमाले मेरो ‘परदेशी जिबन’ थाहा पाउनुभयो ।

एकैछिनलाई देशका नेताहरूले हामीलाई गरेको व्यवहार चटक्कै बिर्सिदिन्छु र आमालाई सम्झाउँछु- ‘आमा चिन्ता लिनु पर्दैन हामीलाई केहि भइहाल्यो भने सरकार छँदैछ नि’ । आमाले भन्नुभयो ‘माइली आफ्नो पीडा लुकाएर नबस है ।’ अरु कसैले नसोधे पनि, वास्ता नगरेपनि, बारबार सोधिरहने, वास्ता गरिरहने मेरी आमा हुनुहुन्छ ।

मेरी आमा र नेपाल आमाको पिडामा सयौं आमा परिवार र सन्तान को बिछोडमा आँसु झार्दै छ्न । सरकार बिपत्तिमा परेका सबैको उद्दार गर ! नागरिक सबै समान हुन ।सम्बन्धित देशको दूतावासलाई ध्यानाकर्षण गर । हामी बाँचे परदेशीको पैसाले देश बाँच्छ । मर्नु परे हामीलाई आफ्नै माटोमा मर्न मन छ । प्यारी नेपाल आमा नेपालका नेता र नेपाल सरकारलाई हामीलाई हाम्रै माटोमा मर्ने वातावरण मिलाइदिने बुद्धि देउ है । यस्तै सम्झिदा सम्झिदैँ दिन र रात कटाउँदैछु । रात र दिन उस्तै लाग्छ यहाँ । अन्तमा टर्किमा बसेर धेरै बोल्यो नभन्नु है नेपाल आमा म बाध्यताले यो सब लेख्दै छु ।

२०७७ आश्विन २,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको