चीनले बनाएको कोरोना भ्याक्सिन डिसेम्बरबाट बजारमा आउने, भ्याक्सिनको मूल्य कति पर्छ नेपालमा ?


भदौ २ काठमाडौं । चीनले कोरोना बिरुद्ध उत्पादन गरेको भ्याक्सिन आगामी डिसेम्बरबाट बजारमा आउने भएको छ ।

ग्लोबल टाईम्सका अनुसार डिसेम्बर अन्त्य सम्ममा बजारमा आम मानिसका लागि आउने यो भ्याक्सिनको बजार मुल्य समेत तय भएको छ ।

जस अनुसार करीब एक हजार चीनीया युआन तय भएको छ । जस अनुसार दुई डोज भ्याक्सिन नेपालीले खरीद गर्दा १७ हजार भन्दा बढी पर्ने देखिएको छ ।
बजारमा आईसके पछि यसको मुल्य अझ कम हुने अनुमान गरिएको छ ।

चीनको राष्ट्रिय फर्माक्युलिष्ट ग्रुप ( सिनोफार्म) का अध्यक्ष लियु जिंग जेनले तेस्रो चरणको ट्रायल चलिरहेको र त्यस पछि भ्याक्सिनको बजारको समिक्षा हुने बताए ।

उनले शहरमा बस्ने युवा र विद्यार्थीहरुका लागि भ्याक्सिन जरुरी रहेको तर ग्रामिण क्षेत्रमा कम आवादी रहेको क्षेत्रमा भ्याक्सिन आवस्यक नरहेको बताए । लियु स्वयंले यो भ्याक्सिनको एक डोज लिएका छन् ।
चीनीया भ्याक्सिनले पेटेन्ट अधिकार प्राप्त गरीसकेको छ । यस अघि नै रुसले उत्पादन गरेको भ्याक्सिन बजारमा उपलव्ध भईसक्ने अपेक्षा गरिएको छ ।

२ भाद्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको