कोरोना फैलिनुमा कुन उमेर समुहका मान्छेको छ हात ?


भदौ २, काठमाडौं । विश्व स्वास्थ्य संगठनले २० देखि ४० वर्ष उमेरका बीचका समुहले बढी कोरोना फैलाइरहेको बताएको छ । उनीहरूमध्ये धेरैजसोलाई आफूमा कोरोना संक्रमण भएको थाहा नहुने भएकाले यी समूहले कोरोना फैलाइरहेको डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओले भनेको छ, “२० देखि ४० वर्ष उमेरका बीचमा कोरोना भाइरसको संक्रमण फैलाउन सबैभन्दा ठूलो हात छ । उनीहरूमध्ये धेरैजसोलाई थाहा छैन कि तिनीहरू कोरोना संक्रमित छन्।”

मंगलबार विश्व स्वास्थ्य संगठनको पश्चिमी प्रशान्त महाशाखाका क्षेत्रीय निर्देशक ताकेशी कासाईले कोरोना प्रकोपको खतरा बढेको बताए । उनले वृद्ध, बिरामी मानिस र घना जनसंख्या भएको ठाउँमा बस्नेहरूका लागि थप जोखिम पनि बताए । बिबिसीबाट

२०७७ भाद्र २,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको