साढे साती दशा हटाउन शनिबार यी काम गर्नुहोस्


आज शनिबार । हरेक बार छुट्टाछुट्टै भगवानको आराधना गरिन्छ । शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने गरिन्छ । यस दिन शनिको पुजा गर्दा भाग्योदय हुने र बाधा हट्ने विश्वास गरिन्छ । साढेसाती दशा हटाउन शनिबार शनिको पुजा आराधना गर्नुपर्ने हुन्छ ।

शनिको साढे साती दशाको दोष निवारण गर्न निम्न विधि अपनाउनुहोस् :-

-शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।
-हरेक शनिबार शनिको पुजा गर्नुहोस्
-दुधमा कालो तिल मिसाएर पिपलमा चढाउदा खराब समयबाट बच्च सकिन्छ ।
-हरेक शनिबार कालो तिलको दाना कालो कपडामा बाँधेर कुनै गरिब व्यक्तिलाई दान गर्दा पैसासँग जोडिएका समस्या हट्छ ।
-यदि शनिको साढे सातको दशा चल्दैछ भने नदीमा शनिबार कालो तिल प्रवाहित गर्नुपर्नेछ ।
-पिपलको बोटमा पनि विशेष पूजा गर्नुपर्नेछ ।
-खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।
-ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।
-हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।
-हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् ।
-नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् । एजेन्सी

३ श्रावण २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको