१० अर्ब खोइ भन्नेहरुलाई प्रधानमन्त्रीको जवाफ – ‘एक/एक पैसाको हिसाब किताब हुन्छ’


असार ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा भ्रष्टाचार भयो भनेर सरकारलाई अप्ठेराेमा पार्ने काम भइरहेको बताएका छन् ।

उनले बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै कोरोना नियन्त्रणमा भएको १० अर्ब रुपैयाँको मोटामोटी खर्च सार्वजनिक भएको र सानो खर्च पछि सम्बन्धित निकायले सार्वजनिक गर्ने बताए ।

कोरोनासँग लड्ने बेलामा केही व्यक्ति र संस्थाले हिसाब खोज्दै बसेकोमा आश्चर्य व्यक्त गर्दै प्रधानमन्त्रीले एक/एक पैसाको हिसाब किताब हुने बताए। कोरोना नियन्त्रणको नाममा कतै अनियमितता भएको भेटिएमा नछाड्ने उनले चेतावनी दिनुभयो ।

महामारीलाई अवसरको रुपमा लिन खोज्नेहरुलाई सरकारले नछाड्ने प्रधानमन्त्रीको दाबी छ । सडकमा भइरहेको आन्दोलनलाई प्रधानमन्त्रीले औचित्यविहीन आन्दोलनको संज्ञा दिदिएका छन्।

२०७७ असार ४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको