लिम्पियाधुरासहित नेपालको नक्सा राष्ट्रियसभाबाट पारित


असार ४, काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

अतिक्रमित लिम्पियाधुरा सहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पारित भएको हो ।
बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका थिए । रा

यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते नेपालको संविधानको धारा ९ को उपधारा २ अन्र्तगत अनुसुची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा पारित भएको थियो । अब पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि आधिकारिक मान्यता पाउनेछ ।

विधेयक पारित हुनुअघि कानूनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दोश्रो संशोधन पास गर्न प्रस्ताव पेश गरेकी थिइन् । उनले सो विधेयकमाथि बोल्दै आएको दिन ऐतिहासिक भएकोले दिपावली गर्न आग्रह गरेकी थिइन् ।

२०७७ असार ४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको