नेविसंघको ५१ औ स्थापना दिवसको अवसरमा सानोठिमी क्याम्पसमा राहात वितरण


वैशाख ६, भक्तपुर । नेपाल विद्यार्थी संघको ५१ औ स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ सानोठिमी इकाइको पहलमा उपत्यकाको सानोठिमी क्याम्पसमा राहात वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनको प्रभावमा परेका सानोठिमी क्याम्पसमा अध्यनरत कोठा लिएर तथा छात्रवासमा बस्दै आएका खाद्यान्न संकट बेहोरी रहेका विद्यार्थीहरुलाई राहात स्वरूप चामल, दाल, तेल, नुन तथा साबुन वितरण गरिएको सानोठिमी इकाईका कावा अध्यक्ष यङजोर कार्कीले जानकारी दिए ।

त्यस्तै स्थापना दिवसकै अवसरमा नेपाली काँग्रेस भक्तपुर जिल्लाका युवा नेता तथा स्थानीय निर्वाचन मध्यपुर थिमी नगरपालिकाका मेयरका उमेदवार अस्ट कुमार कवेले सानोठिमी इकाईका कावा अध्यक्ष यङजोर कार्कीको पहलमा दुर्गम जिल्ला हुम्ला र जुम्लाका विद्यार्थी हरुलाई खाद्यान्न सामग्री वितरण गरेका छन ।

राहात वितरण कार्यक्रममा नेविसंघ केन्द्रीय समितिका चार जना महामन्त्री दिपक भट्टराई, वलदेव तिमिल्सिना, उर्मिला थपलिया र युवराज पाण्डे तथा नेविसंघ सानोठिमी इकाईका विद्यार्थी नेता हरुको उपस्थिति रहेको थियो ।

२०७७ बैशाख ६,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको